
सप्तरी । सप्तरीका एक युवकले दूध बिक्री गरेरै मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
तिरहुँत गाउँपालिका–६ वसनतपुरका अर्जुन सापकोटाले गाईपालन गरेर दूध बिक्री गर्दै राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
उनले २ कठ्ठा ८ धुर जग्गामा धनलक्ष्मी फार्म खोलेर साना–ठूला गरी ३५ वटा गाई पालेका छन् ।
२७ वर्षीय सापकोटाले गाईपालनबाट दैनिक ७० देखि ८० लिटर दूध उत्पादन गर्दै आएका छन् ।
उनले दूध बिक्री गरेर मासिक १ लाख १० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए ।
दुवईमा दुई वर्ष रोजगारी गरी स्वदेश फर्किएका सापकोटाले गाईफार्म खोलेर गाउँमै आत्मनिर्भर बनेका हुन् ।
दुधसँगै उनी गाईको गोबर र बाच्छा–बाच्छी बिक्री गरेर थप आम्दानी गर्न सफल भएका छन् ।
गाउँमा उदाहरणीय किसानको रुपमा परिचित सापकोटाले युवाहरुलाई स्वदेशमै उद्यम गर्न आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्