काठमाडौं, कात्तिक २१ । सत्तारुढ दलको एक घटक समाजवादी पार्टी र प्रतिपक्ष दल राजपा नेपालले उपनिर्वाचनमा तालमेल गर्ने भएका छन् ।
दुवै दलका नेताहरुले दुई दलबीच उपनिर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमति भएपनि कुन स्थानीय तहमा कसरी तालमेल गर्ने भन्ने विषयको टुंगो नलागेको बताएका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले चुनावी तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति भएपनि उम्मेदवार उठाउने विषयमा शीर्ष तहमा छलफल जारी रहेको जानकारी दिए ।
‘छिट्टै एकीकरण’
उनले बिहीबार हामीसित कुरा गर्दै समाजवादी पार्टी र राजपाबीच छिट्टै एकीकरण हुने दाबीसमेत गरे ।
दुई पार्टीबीच एकताका विषयमा शीर्ष तहमा छलफल भइरहेको र समाजवादी पार्टी सरकारबाट बाहिरिएलगत्तै ठोसरुपमा पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
दुई पार्टीबीच एकता हुने हल्ला लामो समयदेखि चलेपनि पार्टी एकताका लागि ठोस निष्कर्ष निस्केको छैन ।
तर, महताले दुई पार्टीबीचको एकीकरण प्रक्रियाले समय लिनु स्वाभाविक भएको जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्