Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


छुवाछुत प्रथा सभ्य समाजका लागि स्वीकार्य नभएको राष्ट्रपति भण्डारीको भनाई


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुत प्रथा सभ्य समाजका लागि स्वीकार्य नहुने बताउनु भएको छ ।

यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको उहाँले बताउनु भएको छ ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीलेसमाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताउनु भएको हो ।