अस्पताल आगजनी गरे ५ लाखसम्म जरिवाना: स्वास्थ्यकर्मी कुटपिट गरे ३ वर्ष कैद, ३ लाख जरिवाना « Image Khabar


अस्पताल आगजनी गरे ५ लाखसम्म जरिवाना: स्वास्थ्यकर्मी कुटपिट गरे ३ वर्ष कैद, ३ लाख जरिवाना


Imagekhabar
२१ जेष्ठ २०७८, शुक्रबार ०७:२६

काठमाडौं । अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमणका घटनाहरु बढ्दै गएपछि सरकार गम्भीर बनेको छ ।

स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कार्यस्थलमा हुने आक्रमणका घटनालाई निमिट्यान्न तुल्याइ स्वास्थ्यकर्मी निर्वाध सेवामा संलग्न हुन पाउन र अस्पतालमाथि सुरक्षाको प्रत्याभूत होस् भनेर अध्यादेश जारी गर्न लागिएको सरकारले बताएको छ ।

अध्यादेशमा अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको प्रबन्ध गरिएको छ ।

कार्यस्थलमा हुलहुज्जत गरी, नारा, जुलुस, धर्ना आदि गरी उपचारमा अवरोध पु¥याएमा, स्वास्थ्यकर्मीलाई गालीगलौज, दुव्र्यवहार, अभद्र व्यवहार गरेमा १ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको प्रबन्ध गरिएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्