Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


`बाली` भित्र्याउने बेलामा निषेधाज्ञा शुरु भएपछि डडेल्धुराका साना व्यवसायी मर्कामा


0
Shares

डडेल्धुरा । बाली भित्र्याउने बेलामा निषेधाज्ञा शुरु भए पछि उत्पादित बाँस, निगालोका सामग्री बिक्री नहुँदा उद्यमीहरु संकटमा परेका छन ।

दैनिक गुजाराका लागि बाँस निगालोजन्य उत्पादन गर्ने अमरगढी ७ पोखराका हस्तकला उद्यमीहरु अनाज राख्ने भकारी, डोको, डालो नाङलो छाप्री आदी बनाइएका सामग्री निषेधाज्ञाका कारण बिक्री हुन सकेका छैनन ।

कोरोना भाईरसको संक्रमणलाई रोक्न भन्दै महिना यता निषेधाज्ञा जारी भएको एक महिना बितिसक्दा उत्पादन गरिएका सामग्री बिक्री नहुँदा घरमै थन्किए पछि अमरगढीका दलित उद्यमी समुदायलाई छाक टार्न समस्या भएको छ ।

गाउँघरमा ज्याला मजदुरी गरी खाने अवस्था पनि नभएको र आफ्नो पुख्र्योली पेशाको कामकाज पनि अनिश्चितकालिन बन्द भए पछि रोजगारीका लागी भारत लगायत अन्य मुलुक र देशका विभिन्न शहरबाट घर फर्किएका युवाहरु तनावमा रहेका छन ।

बाँस र निगालोबाट घरायसी सामाग्री बनाई गाउँगाउँ पुगी बिक्रि गरी गुजारा गर्ने दलित समुदायलाई उत्पादन गरेका सामाग्री बिक्री नहुँदा निषेधाज्ञा पछि घरमै थन्काएर राख्दा जिविकोपार्जन गर्ने एक मात्र माध्यम रहेको बाँस निगालोका उद्यमी कैनी समुदायलाई जीविकोपार्जनमा समस्या भएको छ ।

यहाँ उत्पादित बाँस निगालो कृषिजन्य सामग्रीहरु डडेलधुरा लगायत डोटी र तराईका जिल्ला कैलाली, कञ्चनपुरमा बढी बिक्री गर्ने गरेको उद्यमीहरु बताउँछन ।