Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


जसपा विवाद : ठाकुर समूहद्वारा यादवसहितका नेतालाई कारबाही


0
Shares

रोमन आचार्य
काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको २ घण्टा वित्न नपाउँदै महन्थ ठाकुर समूहले पनि कारबाही गरेको छ ।

पूर्व राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले यादव समूहका नेतालाई कारबाही गरेको ठाकुरनिकट एक नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।

‘विज्ञप्ति र सूचना आउन केही समय लाग्छ,’ उहाँले भन्नुभयो, ‘यादवलगायतका केही नेतालाई कारबाही गरेका छौं ।’

यसअघि जसपाको यादव पक्षले महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ शुक्लालाई पार्टीनिर्णय विपरित प्रतिगमनकारी ओली सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको हो ।