
काठमाडौं, साउन ११ । सीमाभन्दा बढी हुनेगरी बैंक निक्षेपमा लगानी गर्ने सामूहिक लगानी कोष योजना व्यवस्थापकहरुसँग नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण माग गरेको छ ।
सामूहिक लगानी कोष नियमावलीमा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी लागानी गर्न नपाइने व्यवस्था छ ।
तर, केही योजना व्यवस्थापकले बोर्डमा पेस गरेको मासिक खुद सम्पत्ति विवरणमा सीमा नाघेको पाइएको भन्दै १५ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको बोर्डले जनाएको छ ।
सिटिजन म्युचुअल फन्डअन्तर्गतको सिटिजन म्युचुअल फन्ड–१ को योजना व्यवस्थापक सीबीआइएल क्यापिटल लिमिटेड, एनएमबि म्युचुअल फन्डअन्तर्गत् एनएमबि सुलभ इन्भेस्टमेन्टफन्ड–१ र एनएमबि हाइब्रिड फन्ड–१ को योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले बैंक निक्षेपमा सीमाभन्दा बढी लगानी गरेका हुन् ।
यसैगरी, लक्ष्मी म्युचुअल फन्ड अन्तर्गतको लक्ष्मी इक्विीटी फन्ड र लक्ष्मी भ्यालु फन्ड–१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र एनआइसि एसिया म्युचुअल फन्ड अन्तर्गतको एनआइसि एसियाग्रोथ फन्डको योजना व्यवस्थापक एनआइसि एसिया क्यापिटलले पनि सीमा नाघेको भन्दै बोर्डले स्पष्टीकरण माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्