चीनका दम्पतीलाई अब तीन सन्तान जन्माउन अनुमति « Image Khabar


चीनका दम्पतीलाई अब तीन सन्तान जन्माउन अनुमति


Imagekhabar
१७ जेष्ठ २०७८, सोमबार १४:२२

एजेन्सी । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको नीतिलाई राष्ट्रपति सि जिनपिङले अनुमोदन गर्नुभएको हो ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको बीबीसीले जनाएकाे छ । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो ।

यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । यद्यपि यो नीतिले पनि चीनमा जन्मदर बढाउन भने सहयोग गरेन ।

प्रतिक्रिया दिनुहोस्