Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


सात दिनभित्र अध्यादेश ल्याउन चिकित्सक संघको माग


0
Shares

काठमाडौं, जेठ १६ । नेपाल चिकित्सक संघले चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ ।

अध्यादेशमार्फत कानून ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने संघका महासचिव डाक्टर बद्री रिजालद्वारा जारी विज्ञप्तीमा भनिएको भनिएको ।

चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानून ल्याउन आवश्यक रहेको संघको ठह छ ।

‘नेपाल चिकित्सक संघ भेरी अस्पतालको घटनामा संलग्न व्यक्तिहरुलाई कडाभन्दा कडा कारबाही गर्न र आजको मितिबाट सात दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेशमार्फत कानून ल्याएर सुरक्षित वातावरणको सिर्जना गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,’ जेठ १३ गते भेरी अस्पताल तथा त्यसअघि विराट मेडिकल कलेज अस्पतालमा भएको घटनाले सिंगो चिकित्सा क्षेत्र असुरक्षित बन्दै गएको संघले निष्कर्ष निकालेको छ ।

संघले जेठ १३ गतेलाई कालो दिन घोषणा गरेको र १४ गते कालोपट्टी बाँधी काम गरेको जनाएको छ ।