Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


कास्कीमा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार


0
Shares

पोखरा । उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट धर्मराज गुरुङलाई उठाउने भएको छ ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले  पोखरामा पत्रकार सम्मेलन गरी आज उम्मेदवार घोषणा गरेको हो ।

उमेदवारी घोषणा गर्दै गुरुङले १६ वुँदे चुनावी घोषणा समेत गरेका छन् ।

सबैलाई समान र सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने, सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्ने, अवैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्ने तथा जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।