Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन, यी ५ मन्त्रीले लिए सपथ


0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन भएको छ ।

मुख्यमन्त्री पोखरेलले पाँच जनालाई मन्त्री बनाउने निर्णय गरेसँगै मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख यादवले नवनियुक्त मन्त्रीहरूलाई सपथग्रहण गराउनुभएको हो ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई एमाले संसदीय दलले फिर्ता बोलाएपछि अन्य पाँच जनालाई मन्त्रीमा नियुक्ती दिइएको हो ।

यस्तै चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले पनि राज्यमन्त्रीको शपथग्रहण गर्नुभएको छ ।