२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


महराको थुनछेक बहस सकियो, रोशनीलाई बोल्न दिइएन


0
Shares

काठमाडौं, कात्तिक १८ । जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामाथि सोमबार थुनछेक बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसमा आइतबार सरकारी वकिलको तर्फबाट चारजनाले बहस गरेका थिए । यस्तै, महराको पक्षबाट भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका थिए ।

सोमबार महराको पक्षमा रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका हुन् ।

महराको पक्षमा बहस चलिरहेका बेला पीडित भनिएकी महिला रोशनी शाही आफूले पनि अदालतमा धारणा राख्न पाउनुपर्ने भन्दै इजलासमा पुगेकी थिइन् ।

न्यायाधीशले रोशनीलाई बोल्न नदिएपछि उनी महराका सहयोगीहरुको गाडीमा फर्किएकी थिइन् ।

दुवै पक्षको बहस सकिएकाले अदालतबाट आजै आदेश आउने अपेक्षा गरिएको छ ।

प्रहरीले दर्ता गरेको अभियोजनपत्रअनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्दासहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत पेस गरेको थियो ।