Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


प्रधानमन्त्रीको उपचार: डायलासिस कि प्रत्यारोपण ?


0
Shares

काठमाडौं । मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन ।

अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुसँग परामर्श जारी राखेका छन् ।

सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्बाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए ।

‘अहिले उहाँले डायलासिस नै गरिरहनुभएको छ, डायलासिस यहाँ सजिलै हुन्छ, अरु विकल्पबारे टुंगो लागिसकेको छैन’, उनले भने ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट बृत्तमा डायलासिसभन्दा दोस्रो पटक प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् ।

यद्यपी, बृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलासिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् ।

‘यो उमेरमा प्रत्यारोपण सफल भएन भने अरु विकल्प बाँकी नरहन पनि सक्छ,’ प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट बुझेको स्रोतले उल्लेख गर्‍यो, ‘त्यसैले बरु बालुवाटारमै मेसिनहरु राखेर डायलासिस गरिरहनु उचित हुनसक्छ ।’ कान्तिपुर दैनिकबाट

Skip This