Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


उपनिर्वाचनका लागि नेकपा र कांग्रेसले आज उम्मेद्वारको टुंगो लगाउने


0
Shares

काठमाडौं । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि प्रमुख दलहरुले आज आफ्ना उम्मेद्वारको टुंगो लगाउने भएका छन् ।

नेकपाको सचिवालय बैठक र कांग्रेसको पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लागउने तयारी गरेका हुन् ।

नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ भने कांग्रेस पदाधिकारी बैठक दउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको छ ।

यसअघि उम्मेदवारको टुंगो लगाउन बसेको नेकपा सचिवालयको बैठक विना निष्कर्ष टुंगो थियो ।

बैठकमा तल्लो कमिटीले पठाएका नाममा नेताहरु एकमत नभएपछि बैठकमा निर्णय हुन नसकेको हो ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो तनहुँमा कास्की–२ को उप–निर्वाचनका उम्मेदवारको विषयमा छलफल गरेका थिए ।

तनहुँमा हुने एक कार्यक्रमका लागि पोखरा हुँदै दमौली पुगेका देउवाले नेता पौडेलसँग सोबारेमा छलफल गरेका थिए ।

तनहुँ पुग्नुअघि पोखरामा देउवाले कास्की जिल्ला कार्यसमितिका नेता र आकांक्षी उम्मेदवारसँग छलफलसमेत गरेका थिए ।

यसैबीच उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आजै उम्मेदवारको टुंगो लगाउने भएको छ ।