५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य जन्म जयन्ती तथा मातृभाषा दिवस मनाउन राज्यको ध्यानाकर्षण


0
Shares

काठमाडौं । पत्रकारिताप्रति क्रुर एवं संकुचित दृष्टिकोण राखिने राणाकालमा अर्थात करिब एक शताब्दी अघि धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले नेपालभाषामा “बुद्ध धम्र्म” सम्पादन एवं प्रकाशन गरेको मातृभाषा पत्रकारिताको इतिहासकै पहिलो घटना हो ।

यही योगदानको स्मरण गर्दै धर्मादित्य धर्माचार्य जन्म जयन्ती तथा मातृभाषा पत्रकारिता दिवस मनाइँदै आएको छ । कलकत्ताबाट ने।सं। १०४५ मा ९९६ बर्ष अघि० बुद्ध जयन्तीको अवसर पारी प्रकाशित गरिएको यस पत्रिका प्रकाशनको दोश्रो बर्षदेखि ‘बुद्ध–धम्र्म व नेपालभाषा’ नामबाट प्रकाशन भएको हो ।

यस प्रकाशनले राणा शासकको दमन तथा यसविरुद्ध भइरहेको आन्दोलन र गतिविधिको नेपाल तथा भारतभरी प्रचार गर्न तथा राणाविरुद्धको अभियानमो महत्वपूर्ण योगदान रहेको पनि उल्लेखनीय छ भने यो पत्रिका प्रकाशन रोक्न राणा प्रधानमन्त्री चन्द्र शमशेरले गरेका षडयन्त्रहरु पनि इतिहासले नबिर्सने घटनाहरु हुन् ।

बौद्ध जगतका प्रथम सुधारवादी ब्यक्तित्व धर्मादित्य धर्माचार्यले नै नेपालमा बुद्ध जयन्ती मनाउने परम्पराको आरम्भ गरेका हुन् । नेपाल तथा भारतमा विभिन्न बौद्ध संघसंस्था स्थापना गरी बौद्ध धर्म प्रचारमा योगदान गर्नुभएका धर्मादित्यले नेपाली भाषाबाट ‘हिमाली बौद्ध’, अंग्रेजींबाट ‘बुद्धिष्ट इण्डिया’ पत्रिका समेत प्रकाशन गर्नुभएको छ । शिक्षा क्षेत्रमा समेत योगदान गर्नुभएका धर्मादित्यले कलकत्ता तथा पटना विश्वविद्यालयमा नेपालभाषा अध्ययन, अध्यापनको अभियान समेत संचालन गर्नभएको थियो ।

मातृभाषा पत्रकारिता ९प्रकाशन० को प्रणेता धर्मादित्य धर्माचार्यको जन्म ने।सं। १०२२ बछलाथ्व १४ मा सप्तपुर महाविहार, चिकंबही, ललितपुरमा भएको थियो भने उहाँको भौतिक शरीरले यो भूमि त्यागेको ने।सं। १०८३ दिल्लागा ३० को दिनमा हो ।

इतिहासकै पहिलो मातृभाषामा प्रकाशनको गौरवमय पत्रिका ‘बुद्ध धम्र्म र नेपालभाषा’ ५ बर्षसम्म प्रकाशन भएको थियो । यही पत्रिका प्रकाशनको घटनालाई आत्मसात् गर्दै धर्मादित्य धर्माचार्यको जन्म दिनको अवसरमा जन्म जयन्ती मनाउनुका साथै मातृभाषा पत्रकारिता दिवसका रुपमा मनाउने अभियानको आरम्भ नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले गरेको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, मधेसी पत्रकार समाज तथा विभिन्न भाषाभाषी पत्रकारहरुले गौरव एवं उत्साहसाथ यस दिनको अवसरमा ¥याली, सभा तथा मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुँदै आएको छ । बुद्ध जयन्तीको अघिल्लो दिन धर्मादित्य धर्माचार्यको जन्म जयन्ती तथा मातृभाषा पत्रकारिता दिवस मनाउने थालिएको यो छैठौ बर्ष हो ।

यो बर्ष कोभिड १९ को प्रभावको कारण यति महत्वपूर्ण दिनमा सार्वजनिक रुपमा भेला भएर उत्साहजनक रुपमा कार्यक्रम आयोजना गर्न नसकेको परिस्थितिप्रति नेवाः पत्रकार राष्ट्रिय दबूले दुःख प्रकट गरेको छ भने जूममार्फत प्रथम मातृभाषी पत्रकार धर्माचार्यको स्मरण सभा तथा मातृभाषा पत्रकारिता विषयक अन्तरक्रिया गरी मनाउने कार्यक्रम तय गरेको जानकारी गराउँदछौं ।

धर्मादित्य धर्माचार्यको कर्म, योगदानको कदर गर्दै राज्यले प्रथम मातृभाषा पत्रकारको पहिचान गरोस्, मान देओस्, मातृभाषा पत्रकारिता दिवस राज्यस्तरमै मनाउने परम्पराको थालनी होस् भन्ने माग समेत पत्रकार दबूले गरेको छ ।