अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जित्यो • Image Khabar Image Khabar


अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जित्यो


Imagekhabar
१७ कार्तिक २०७६, आईतवार ०७:१८

अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जित्यो

काठमाडौं । दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ ।

जापानको योकोहामा शहरमा गएराती भएको फाइनल खेलमा इंग्ल्याण्डमाथि ३२–१२ को फराकिलो जित निकाल्दै दक्षिण अफ्रिकाले रग्बी विश्वकपको नवौं संस्करणको उपाधि उचालेको हो ।

मध्यान्तरसम्म १२–६ को अग्रता लिएको दक्षिण अफ्रिकाले मध्यान्तरपछिको खेलमा २०–६ को अग्रता बनाउँदै खेल ३२–१२ ले आफ्नो पक्षमा पारेको हो ।

दक्षिण अफ्रिकाको जितमा ‘फ्लाइ–हाफ’ हान्द्रे पोलार्डको २२ अंक महत्वपूर्ण रहयो ।

दक्षिण अफ्रिकाले यसअघि सन् १९९५ र २००७ मा रग्बी विश्वकप जितेको थियो । दक्षिण अफ्रिका जस्तै न्युजिल्याण्डले पनि तीन पटक रग्बी विश्वकपको उपाधि जितेको छ ।

यसैगरी अष्ट्रेलियाले दुई पटक तथा इंग्ल्याण्डले एक पटक यो उपाधि उचालेको छ । 

प्रतिक्रिया दिनुहोस्