Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञा थप एक हप्ता थप्ने तयारी


0
Shares

काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारीका विषयमा छलफल गर्नका लागि वैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे । गत वैशाख १६ देखि जारी गरिएकाे निषेधाज्ञा सकिन दुइ दिन बाँकि रहदा सीडीओकाे वैठक बस्न लागेकाे छ।

उपत्याकामा संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे । उपत्यकाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने छ ।

‘संक्रमणको जोखिम कायमै रहेकाले र कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा एकसाता थप्ने तयारी गरेका छौं, ‘थप निर्णय आजको संयुक्त बैठकले गर्नेछ सीडीओ पराजुलीले भने।’