 
	    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यस वर्षको एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्यून रहेको बताउनुभएको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारे निर्णय हुने जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा शिक्षाको बजेट बढेर नयाँ–नयाँ योजना आउनसक्ने बताउनुभयो । शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट आश्यकता रहेकोप्रति आफू सचेत रहेको स्पष्ट पार्नुभयो ।
शिक्षा सचिव रामप्रसाद थपलियाले एसईई र कक्षा १२ को विषयमा मन्त्रालयले दुई–तीन दिनभित्र परीक्षाको मोडालिटिको बारेमा निर्णय गर्ने बताउनुभयो । अब बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको बारेमा निर्णय गर्ने जानकारी दिनुभयो ।
संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा कक्षा ८ र स्थानीय तहको परीक्षा वैकल्पिक विधि बाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने, सम्पूर्ण विद्यार्थीहरूको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठनको सुनिश्चितता गरिनुपर्ने, विद्यालयमा भौतिक रूपमा उपस्थित भइ पठनपाठन हुने अवस्था सिर्जना नहुन्जेलसम्मको अवधिमा शिक्षण शुल्क मिनाहा गर्नुपर्ने लगायतका माग गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्