Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


दाङ प्रदेशसभामा साझा पार्टीबाट चौधरी उम्मेदवार


0
Shares

काठमाडौं, कात्तिक १५ । साझा पार्टीले दाङ क्षेत्र नम्बर–३ ‘ख’मा शिवकुमार चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार सो पार्टीले चौधरीलाई आउँदो उपनिर्वाचनमा प्रदेशसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

साझा पार्टीकाअनुसार चौधरी विगत लामो समयदेखि दाङमा सामाजिक अभियन्ताकारुपमा सक्रिय छन् । उनले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन् ।

चौधरीले आफू निर्वाचित भएको खन्डमा खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थापनका लागि पहल गर्ने, युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिनेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो पार्टीले यसअघि कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ र भक्तपुर क्षेत्र नम्बर–१ को प्रदेश ‘क’मा उम्मेदवार घोषणा गरिसकेको छ ।

आउँदो मंसिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।