उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै • Image Khabar Image Khabar


उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै


Imagekhabar
१६ कार्तिक २०७६, शनिबार ०८:५४

उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दैछ । मंसिर १४ मा हुने उप–निर्वाचनका उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले जिल्लाबाट आएका नामबाट उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

यसअघि पार्टी केन्द्रले तीन जनाको नाम सिफारिस गर्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको थियो । कतिपय स्थानबाट तीन जना भन्दा बढी व्यक्तिको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा सदस्य रिक्त रहेको कास्की–२ बाट तीन जनाको नाम केन्द्रमा पठाइएको छ ।

एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षको लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्