२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हिमालयन क्यापिटल लिमिटेडको कारोबार सुरु


0
Shares

काठमाडौं । हिमालयन र्बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले शुक्रबारबाट औपचारिक कारोबार सुरु गरेको छ ।

बैंकले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि औपचारिक कारोबार सुरु गरेको जानकारी गराएको हो ।

बैंकले आफ्ना ग्राहकलाई मर्चेन्ट बैंकिङ तथा ईन्भेष्टमेन्ट बैंकिङ सेवा सहजै प्रदान गर्नको लागी क्यापिटलको सुरुवात गरेको हो ।

हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, शेयर रजिष्ट्रार, धितोपत्र प्रत्याभूति लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा र डिपी सेवा प्रदान गर्ने छ ।

हिमालयन क्यापिटलका अध्यक्ष्य सुशिल जोशीले आधुनिक मर्चेन्ट बंैकिङ सेवाहरु उपलब्ध गराउने र आगामी दिनमा नै हिमालयन म्युचुअल फण्ड र अन्य लगानी कोष संञ्चालन गर्ने बताए ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले धितोपत्र बजारलाई नै सकारात्मक योगदान दिन क्यापिटलले सहयोग पुर्‍याउने बताए ।

क्यापिटलको प्रधान कार्यालय ठमेल स्थित कर्मचारी संचय कोष भवनमा रहेको छ ।