Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


त्रिशुली–१ जलविद्युत निर्माणका लागि ५१ अर्ब बराबर लगानी सम्झौता


0
Shares

काठमाडौं । जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना निर्माणको लागि ५१ अर्ब बराबर लगानीको सम्झौता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजनाको प्रवद्र्धक कम्पनी नेपाल वाटर एण्ड ईनर्जि डेभपलपमेन्ट कम्पनी प्राली र ऋण लगानी गर्ने विभिन्न नौं अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरु बिच ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सक ई र सम्बन्धित वित्तिय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्स मार्फत आयोजना समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गरे

अर्थमन्त्री डा. युवराज खतिवडाल विश्व बैंकले जारी गरेको डुईङ बिजनेश रिपोर्टमा समेत नेपालले प्रगती गरेको भन्दै उनले नेपालमा लगानीको लागी वातावरण बनिरहेको पुष्टि भएको दाबी गरे ।

ऊर्जा मन्त्री वर्षमान पुनले नेपालमा ऊर्जा विकासको लागी आन्तरिक खपतलाई पनि वृद्धि गरिने र निर्यातको लागी  समेत सम्झौता भईसकेको बताए ।

आयोजनाको लगानी ७० प्रतिशत ऋण र ३० प्रतिशत ईक्विटीबाट जुटाईएको छ । आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेकोमा आयोजनामा ९ अन्तराष्ट्रिय वित्तिय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका हुन ।

बाँकी रकम कम्पनीले स्वपुँजीबाट जुटाईएको छ । आयोजनामा विश्व बैैंक समुहको अन्तराष्ट्रिय वित्त निगम (आईएफसि),  (एडिबि),एसियाली पुर्वाधार विकास बैंक, कोरियाली एक्जिम बैंक, कोरिया डेभलपमेन्ट बैंक लगायतले ऋण लगानी गर्ने भएका हुन् ।

यो  आयोजना प्रत्यक्ष्य वैदेशिक लगानीमा निर्माण हुन लागेको सबैभन्दा ठुलो आयोजना हो ।

रसुवाको सदरमुकाम धुन्चे र मैलुङको बीचमा पर्ने हाकुमा आयोजना निर्माण हुन लागेको हो । निर्माण अवधि ५ वर्ष रहेको उक्त आयोजना २०२० बाट सुरु गर्ने जनाइएको छ ।