२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


श्रीलंकाविरुद्धको क्रिकेटमा अष्ट्रेलियाको क्लिन स्वीप


0
Shares

काठमाडौं । श्रीलंकाविरुद्धको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलामा अष्ट्रेलियाले क्लिन स्वीप गरेको छ ।

मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै अष्ट्रेलियाले तीन खेलको श्रृंखलामा ३/० ले क्लिन स्वीप गरेको हो ।

खेलमा पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले कुशल परेराको ५७ रनको मद्धतले ६ विकेटको क्षतिमा एक सय ४२ रन बनायो ।

मिचेल स्टार्क, केन रिचर्डसन र प्याट कमिन्सले समान २ विकेट लिए । जवाफमा अष्ट्रेलियाले १७ ओभर ४ बलमा ३ विकेटको क्षतिमा जित हासिल गर्‍यो ।

डेभिड वार्नरले ५० बलमा अविजित रहँदै ५७ तथा कप्तान आरोन फिन्चले २५ बलमा ३७ रन बनाए ।

यता, न्यूजिल्याण्ड विरुद्धको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा इङ्गल्याण्ड विजयी भएको छ । शुक्रबार क्राइष्टचर्चमा भएको खेलमा पाहुना टोली ७ विकेटले विजयी भएको हो ।

खेलमा न्यूजिल्याण्डले दिएको एक सय ५४ रनको चुनौती इङ्गल्याण्डले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

म्यान अफ द म्याच जेम्स भिन्सले ३८ बलमा ५९, जोनी बेयरस्ट्रले २८ बलमा  ३५ तथा कप्तान इयान मोर्गनले २१ बलमा अविजित ३४ रन बनाए । तीनै विकेट मिचेल सान्टनरले लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले रोस टेलरको ४४ रनको मद्धतले ५ विकेट गुमाएर ए सय ५३ रन बनाएको थियो ।

जितसँगै पाँच खेलको श्रृंखलामा १÷० को अग्रता बनाएको इङ्गल्याण्डले दोस्रो खेल आइतबार खेल्नेछ ।