Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


प्रतिनिधिसभा विघटनको विरोधमा पोखरामा नेविसंघको राँकेजुलुस


0
Shares

पोखरा । प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै पोखरामा नेविसंघले विरोध प्रदर्शन गरेको छ । पोखराको मुख्य बजार न्युरोड क्षेत्रमा शनिबार साँझ राँके जुलुस सहित उनीहरूले संसद विघटनको विरोध गरेका हुन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरवितर पारेको थियो । नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताउनुभयो । उहाँले पोखराबाट सुरु नेविसंघको आन्दोलन देशैभरि गर्ने चेतावनी दिनुभयो ।

यस्तै, अर्का पूर्व केन्द्रीय सदस्य भानु ढकाल, नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष गोविन्द नेपाली, नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापा, कैलास बराल, विष्णु पहारी, विपीन पौडेल लगायतले सम्बोधन गर्दै कोरोना संक्रमण महामारीको भयावहबीच जनताको जीवनरक्षामा ध्यान नदिइ प्रतिनिधिसभा विघटन गर्ने कार्यको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।