२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाललाई इमर्जिङ एसिया कप खेल्ने अवसर, पहिलो खेलमै भारतको सामना


0
Shares

काठमाडौं, कात्तिक १४ । नेपालले बंगलादेशमा हुने इमर्जिङ एसिया कप क्रिकेट खेल्ने अवसर पाएको छ ।

युएईले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो ।

एसियाली क्रिकेट परिषद् (एसीसी)ले बिहीबार खेलतालिका सार्वजनिक गर्दैै यही कात्तिक २८ देखि मंसिर ७ गतेसम्म प्रतियोगिता हुने जनाएको हो ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’मा भारत, बंगलादेश र हङकङ रहेका छन् । त्यस्तै, समूह ‘ए’मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।

नेपालले पहिलो खेलमै कात्तिक २८ गते भारतको सामना गर्नेछ ।

समूह चरणका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।