२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमसीसीसित खेल्न नेपाली टिमको घोषणा, पारस ५० ओभरको खेलमा मात्र


0
Shares

काठमाडौं, कात्तिक १४ । विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सित खेल्नका लागि नेपाली टिमको घोषणा भएको छ ।

आउँदो सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा तीनओटै ‘फर्म्याट’का लागि टिम घोषणा गरिएको हो ।

निवर्तमान कप्तान पारस खड्का भने ५० ओभरको खेलका लागिमात्र समावेश भएका छन् ।

ट्वेन्टी–२० मा ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अमित श्रेष्ठ, अभिनाश बोहरा, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, नन्दन यादव, पवन सर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी र सुशन भारी रहेका छन् ।

यस्तै, ५० ओभरको खेलमा ज्ञानेन्द्र, दीपेन्द्र र पारस खड्कासँगै आरिफ, वसन्त रेग्मी, विक्रम सोब, विनोद भण्डारी, इशान पाण्डे, करण केसी, ललित, रोहित पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल रहेका छन् ।

यसैगरी, ‘फस्ट क्लास’तर्फ ज्ञानेन्द्र, दीपेन्द्र, आरिफ, वसन्त, विनोद, करण, ललित, रोहित, सन्दीप लामिछाने, शरद, सोमपाल, पवन सर्राफ, राजु रिजाल र जितेन्द्र मुखिया रहेका छन् ।

बुधबारमात्र कप्तानीको जिम्मेवारी पाएका ज्ञानेन्द्रका लागि यो प्रतियोगिता आफूलाई अब्बल सावित गर्ने महत्वपूर्ण अवसरकारुपमा लिइएको छ ।