
स्याङ्जा, जेठ ६ । स्याङ्जामा पछिल्लो थप २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
संक्रमणबाट जिल्लाको गल्याङ नगरपालिका, चापकोट नगरपालिका र पुतलीबजार नगरपालिकाका एकरएक जना र कालीगण्डकी गाउँपालिकाका एक जना गरी चार जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।
बिहीबार ६११ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्