तेन्जिङ नोर्गे र हिलारी हिंडेको पदमार्गमा ‘सोलुखुम्बुु ट्रेल रेस’ • Image Khabar Image Khabar


तेन्जिङ नोर्गे र हिलारी हिंडेको पदमार्गमा ‘सोलुखुम्बुु ट्रेल रेस’


Imagekhabar
१३ कार्तिक २०७६, बुधबार १४:२८

तेन्जिङ नोर्गे  र हिलारी हिंडेको पदमार्गमा ‘सोलुखुम्बुु ट्रेल रेस’

सोलुखुम्बु । सोलुखुम्बुको तल्लो क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पर्यटन बर्ष २०२० लक्षित ‘सोलुखुम्बुु ट्रेल रेस’ ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने धापबाट सुरु भएको छ ।

सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधार शिविर पुगेर पुनः तल्लो क्षेत्रको फाप्लुमा आएर रेस समापन हुने आयोजक संस्था ‘द स्मल वल्र्ड’ का अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए ।

धावकहरु चार हजार छ सय मिटर अग्लो पिके पिक, तीन हजार पाँच सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउँ जुनबेसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्ड पोखरी हुँदैै दौडने छन् ।

प्रथम सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउँदै धावकहरु दौडिने अध्यक्ष शेर्पाले बताए ।

रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन् । रेसमा सहभागी अधिकांश धावकहरु फ्रान्सबाट आएका छन् । ३ सय १० किलोमिटर दूरीको दौड पुरा गर्न १५ दिन लाग्ने छ ।  

प्रतिक्रिया दिनुहोस्