काश्मीरको कातरसुर गाउँमा पाँच जनाको गोली हानी हत्या • Image Khabar Image Khabar


काश्मीरको कातरसुर गाउँमा पाँच जनाको गोली हानी हत्या


Imagekhabar
१३ कार्तिक २०७६, बुधबार ०९:१३

काश्मीरको कातरसुर गाउँमा पाँच जनाको गोली हानी हत्या

काठमाडौं । भारत प्रशासित काश्मीरको कुलगाम जिल्लाको कातरसूर गाउँमा पाँच जनाको गोली हानी हत्या गभएको छ ।

घटनामा एक जना घाइते भएको बताइएको छ । गएराति करीब ९ बजे पाँच मजदूरुको गोली हानी हत्या गरिएको बीबीसीले उल्लेख गरेको छ ।

मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका मजदुर रहेको अधिकारीहरुले जनाएका छ्न ।

हमलामा आतंकवादी समूहको संलग्नता रहेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले आशंका व्यक्त गरेका छन् ।

आतकंवादीहरुको समूहले पुलवाको एक विद्यालय परिसरमा गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको समाचारमा जनाइएको छ ।

घटनामा कोही घाइते नभएपनि आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जम्मु  काश्मिरको अवस्था बुझ्न यूरोपेली सांसदहरुको टोलीले काश्मिरको भ्रमण गरिरहेका बेला उक्त हमला भएको बताइएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्