Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


२४ घण्टामा १६ हजार बढी अक्सिजन वितरण


0
Shares

काठमाडौं । सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३ सय १९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ । सरकारका मुख्य सचिव शंकरदास वैरागीले गत सोमबार सातै प्रदेशका प्रमुख सचिवलाई कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन निर्देशन दिएका थिए । सोहीअनुसार अभाव भएका स्थानमा तीव्रतासाथ अक्सिजन पु(याइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयकै निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २४ घण्टामा उपत्यकाभित्रका ९ उद्योगबाट ८ हजार १ सय २३ र बाहिरका १९ अक्सिजन उद्योगबाट ८ हजार १ सय ९८ गरी कुल १६ हजार ३ सय १९ सिलिन्डरमा अक्सिजन भरेर विभिन्न अस्पतालमा वितरण गरेको हो ।

प्रवक्ता शर्माका अनुसार मंगलबारसम्म औद्योगिक तथा अन्य प्रयोजनमा रहेका थप ४ हजार ८ सय ३२ सिलिन्डर संकलन भई सम्बन्धित उद्योगमा फिर्ता पठाइएको छ । स्थानीय प्रशासनले विभिन्न अस्पताललाई ७ हजार ७ सय २६ अक्सिजन सिलिन्डर वितरण गरेको पनि उनले जानकारी दिए ।
राजधानी