१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


विद्यार्थीहरुलाई कोरोना खोप उपलब्ध गराउन अनेरास्ववियुको माग


0
Shares

काठमाडौं, जेठ ४ । नेकपा (एमाले) माधव नेपाल समूह निकट अनेरास्ववियुले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना खोप उपलब्ध गराउन माग गरेको छ ।

भर्चुअल माध्यमबाट बसेको केन्द्रिय कमिटीको बैठकले विद्यार्थीहरुलार्य प्राथमिकताका साथ कोरोना खोप उपलब्ध गराउन माग गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बैठकका निर्णय समेटेर प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई निषेधाज्ञा अवधीको कोठा भाडा मिनाहा गर्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

अनेरास्ववियुले अनलाइन क्लासका नाममा अभिभावकहरुसँग महंगो शुल्क असुली नगर्न निजी विद्यालयहरुलाई आग्रह पनि गरेको छ ।

अनेरास्ववियुले हिंसात्मक संघर्षमा उत्रिएका इजरायल र प्यालेस्टाइनलाई शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न पनि अनुरोध गरेको छ ।