१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


राजीनामाबारे प्रष्ट पार्न क्यानले पारसलाई पत्र पठायो


0
Shares

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको राजीनामाबारे चाँडै नै आधिकारीक धारणा तय गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

पारसको आधिकारिक भनाइ क्यानमा नआएको भन्दै नेपाल क्रिकेट संघले राजीनामाका बारेमा प्रस्ट पार्न भन्दै पत्र पठाएको क्यानले जनाएको छ ।

जवाफमा पारसले इमेलमार्फत क्यानलाई आफ्नो राजीनामाका बारेमा सामाजिक सञ्जालमा आएको कुरा सही भएको बताएका छन् ।

पारसले क्यानलाई लिखित जवाफ पठाएपछि अब उनी कप्तानमा फर्कने सम्भावना लगभग न्यून भएको क्यानले जनाएको छ ।

पारसले राजीनासँगै अबको कप्तानका लागि ज्ञानेन्द्र मल्ल, शरद भेषावकरको चर्चा हुन थालेको छ ।