नेताहरुको व्यस्तताले एमाले कार्यदलको बैठक अनिश्चित « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


नेताहरुको व्यस्तताले एमाले कार्यदलको बैठक अनिश्चित


0
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल आज पनि अनिश्चित भएको छ ।

कार्यदलमा सदस्य रहेका नेताहरुको कार्यव्यस्तताले छलफल अनिश्चित भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफल पछि कार्यदल गठन गरिएको थियो ।

कार्यदललाई तीन दिनभित्र विवाद समाधानको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको नेता नेपालले बताउनुभएको थियो ।

तर एक पटक पनि कार्यदलको बैठक बस्न सकेको छैन । आज पनि शंकर पोखरेल दाङ जानु भएकाले बैठकको सम्भावना नदेखिएको स्रोतले बताएको छ ।

यसबिचमा अनौपचारिक छलफल भने चलिरहेको बताईन्छ । अब बैठक बसेपछि एकैपटक टुङ्ग्याएर मात्रै उठ्ने तयारी रहेको पनि स्रोतको दावी छ ।

नेपाल पक्षले माओवादी केन्द्रसँग एकता हुनुपूर्वको अवस्था अर्थात २०७५ जेठ २ मै फर्कनुपर्ने अडान राखिरहेको छ ।

प्रधानमन्त्री ओलीनिकट नेताहरू भने जेठ २ बाट परिस्थिति निकै अघि बढिसकेकाले त्यहाँ पुग्न कठिन हुने बताइरहेका छन् ।

विवादकै बीच वाग्मती प्रदेशका राष्ट्रियसभा सदस्यको रिक्त स्थानका लागि बिहीबार उपचुनाव हुँदैछ ।

यो चुनावमा एमालेबाट गृहमन्त्री राम बहादुर थापा ‘बादल’ आधिकारिक उम्मेदवार हुनुहुन्छ भने नेपाल निकटका उम्मेदवार खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट चुनावी मैदानमा हुनुहन्छ ।