३० असार २०८२, सोमबार | Tue Jul 15 2025


विद्यार्थी नेता राई बलात्कारको आरोपमा पक्राउ


0
Shares

काठमाडौं । अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ परेका छन् । १८ बर्षिया युवतीमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुृन् ।

पीडित किशोरीलाई राईले राजधानीको माकलबारीमा रहेको आफनो साथीको घरमा बोलाएर बलात्कार गरेको भन्दै प्रहरीमा खबर पुगेपछि प्रहरी घटनास्थल पुगी युृवतीको उद्धार गरेको हो ।

राईलाई भने आज बिहान बौद्ध महांकालबाट नियन्त्रणमा लिइएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरिक्षक होमेन्द्र बोगटीले जानकारी दिए ।

पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा राईले आफूलाई उनकै साथीको घरमा काम छ भन्दै बोलाएर जबर्जस्ती गरेको बताएकी छन् ।

राईलाई अनुसन्धानको लागि महानरिय प्रहरी परिसरमा राखिएको छ ।