रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड • Image Khabar Image Khabar


रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड


Imagekhabar
१२ कार्तिक २०७६, मंगलवार १६:२८

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड

काठमाडौं । आफ्ना दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीले बिहानैदेखि काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाएका छन् ।

वर्षको एक दिन भाइटीकाका दिन खुल्ने यस मन्दिरमा टीका लगाउनेको बिहनानैदेखि चहलपहल बढेको छ ।

बालगोपालेश्वर मन्दिरमा आफ्ना दाजुभाई नहुने दिदीबहिनीहरुले टीका थाप्न आउने दाजुभाइलाई टीका लगाई दिने चलन छ ।

टीका नलगाउनेहरु बालगोपालेश्वर मन्दिरको दर्शन गरेर फकर्ने गर्छन् । त्यसैगरी टीका थाप्न पुगेका दाजुभाइले टीका लगाई सकेपछि दक्षिणा दिने गर्छन् । 

२०७२ साल बैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिरको अझै पुनर्निर्माण नगर्दा दर्शनका लागि असुविधा पुगेको छ ।

यसपटक पनि रानीपोखरीभित्रको चौरमा भाइटका लगाइदिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्