पूर्वराजाले भाईटीका ग्रहणपछि भने : ‘परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ’(भिडियो) • Image Khabar Image Khabar


पूर्वराजाले भाईटीका ग्रहणपछि भने : ‘परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ’(भिडियो)


Imagekhabar
१२ कार्तिक २०७६, मंगलवार १५:३१

पूर्वराजाले भाईटीका ग्रहणपछि भने : ‘परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ’(भिडियो)

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा परिवर्तनका लागि बिकास र प्रगती आवश्यक रहेको बताएका छन् ।

भाई टीकाको अवसरमा बहिनी शोभा राज्यलक्ष्मी देबी शाहीको निवास कमलादी पुगेका पूर्व राजाले प्रगती र बिकासलाई मनन नगरे परिर्तनकर्ताहरु नै अप्ठेरोमा पर्ने बताए । 

‘जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ’ उनले भने ।

विकास भनेको कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो तर आज कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन होइन । आज परिवारजनसँग शान्त सुखद वातावरणमा बस्ने अवसरको दिन भएको उनले बताए ।

तिहारका अवसरमा आम नेपालीलाई शुभकामना ब्यक्त गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन प्राप्त होस भन्ने कामना गरे ।

पूर्व राजा ज्ञानेन्द्रले १० बजेर ५१ मिनेटको साइतमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्