
स्याङ्जा, जेठ ३ । स्याङ्जामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ, भीरकोट र गल्याङ नगरपालिकाका एकरएक जना र पुतलीबजार नगरपालिका दुईको कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार पुतलीबजार नगरपालिका वडा नं ५ का ४६ वर्षीय पुरुष त्यसै गरी पुतलीबजार नगरपालिकाकी ५० वर्षीय महिला, वालिङ नगरपालिका वडा नं १० की ५९ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
त्यसै गरी भीरकोट नगरपालिका वडा नं ६ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
गल्याङ नगरपालिका वडा नं ३ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको गल्याङ नगर अस्पतालमा मृत्यु भएको छ ।
यो सँगे कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्