२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


२५ जना जुवाडे पुनः हिरासतमै


0
Shares

काठमाडौं । शनिबार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेलाई सर्वोच्च अदालतले हिरासतमै पठाएको छ ।

पक्राउ परेका मध्ये ६ जनाको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट हालिएकोमा सर्वोच्च अदालतले समय अभाव देखाउँदै उनीहरुलाई कात्तिक १३ गते अदालतमा उपस्थित गराउन भनेको हो ।

रेखा कुँवरले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रीट दिएपछि बलराम सापकोटा, पबित्र कुमार कार्की, पवन कुमार गुप्ता, श्रवण कुमार गोयल, बिक्रम गौतम र मुक्ती लामालाई प्रहरी अदालतमा उपस्थित गराइएको थियो ।

शनिबार राती २ करोड ६७ लाख नगदसहित उनीहरुलाई पक्राउ गरेको थियो ।