३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


जबर्जस्ती गर्नेलाई खुर्पा प्रहार


0
Shares

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईच्छाकामना गाउँपालिका ५ बस्ने बर्ष अन्दाजि ४५ कि काईली भन्ने सर्किना चेपाङ रहेकी छिन् । उनको साथबाट प्रहरीले फलामले बनेको धारिलो घरेलु हतियार खुर्पा पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज गिरीका अनुसार सोही ठाउँका ६५ वर्षीय गोपी प्रजाले सर्किनालाई जबरजस्ती गर्न खोजेपछि खुर्पाले टाउको हानेको र गम्भिर घाइते भएपछि त्यही छोडेर हिँडेको बयान दिएको प्रहरीको जनाएको छ ।

वैशाख ३१ गते इच्छाकामना ५ तिननम्वर पुलबाट अन्दाजि ५० मिटर तल खोल्सामा गोपी मृत अबस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । जेठ १ गते आफ्नै घरबाट सर्किनी पक्राउ परेकी थिइन ।

सोधपुछ गर्दा मृतक गोपी प्रजाले घटनास्थल नजिकको स्थानमा वैशाख ३१ गत शारिरिक सम्बन्ध राख्ने प्रस्तावमा अस्विकार गर्दा जबर्जस्ती गरेको र प्रतिकार स्वरुप सर्किना चेपाङले आफनो साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरी गम्भीर घाइते अवस्थामा छोडी गएको भन्ने प्रारम्भिक रुपमा स्विकार गरेको र थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।