१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


सम्झौता अवधि सकिन लाग्दा ४५ प्रतिशतमात्रै काम


0
Shares

फिदिम, साउन ११ । निर्माण व्यवसायीको लापरवाहीका कारण पाँचथरको कुम्मायक गाउँपालिकामा निर्धारित समयमा विद्युतीकरणको काम सम्पन्न नहुने भएको छ ।

सम्झौता अवधि सकिन लाग्दा ४५ प्रतिशतमात्रै काम भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । उपभोक्ताको १० र सरकारको ९० प्रतिशत गरी १५ करोड रुपैयाँको लगानीमा चारवटा वडामा विद्युत लाइन विस्तार गर्न लागिएको हो ।

निर्माण कम्पनीले ५ सय धरधुरीलाई लक्षित गर्दै १८ महिनामा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

गाउँपालिकाको ३ र ४ नम्बर वडामा सुरु विद्युत विस्तारको काम पनि सुस्त देखिएको छ । सम्झौता गरेको २ बर्ष बित्नलाग्दा समेत आयोजनाले काम पूरा नगर्दा स्थानीय निरास बनेका छन् ।