
स्याङ्जा । स्याङ्जाका थप सात जना कोभिड संक्रमितको मृत्यु भएको छ ।
गल्याङ नगरपालिकामा तीन, वालिङ नगरपालिमा दुई पुरुष तथा कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिकामा एक–एक जना गरी सात जनाको कोभिडबाट मृत्यु भएको हो ।
गल्याङ–७ का ७१ वर्षीय पुरुषको पाल्पामा तथा वडा नम्बर ९ र ८ का क्रमशः ६० वर्षीय वृद्ध र ६५ वर्षीय वृद्धाको गल्याङमै मृत्यु भएको हो ।
यस्तै, वालिङ–६ का ७८ वर्षीय वृद्ध र वडा नम्बर १३ का ५५ वर्षीय पुरुषको पोखरामा ज्यान गएको छ । अर्जुनचौपारी–१ का ७० वर्षीय वृद्ध र कालीगण्डकी–५ का ७२ वृद्धको समेत मृत्यु भएको छ ।
यसैबीच जिल्लामा शनिबार ५४ जना संक्रमित पुष्टि भएसँगै जिल्लाभर कोभिडको नयाँ भेरियन्टका संक्रमित संख्या ९०२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये अहिले ७ सय ८३ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्