‘बादल’ लाई मतदान गर्न एमाले काभ्रेको ह्विप « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


‘बादल’ लाई मतदान गर्न एमाले काभ्रेको ह्विप


0
Shares

काभ्रे । नेकपा एमाले काभ्रेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न ह्विप जारी गरेको छ ।

शनिबार जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले विज्ञप्ति निकालेर एमालेको आधिकारीक उम्मेदवार बादल बाहेक अरु नभएकाले कथित प्रचारबाजीको भ्रममा नपरी बादललाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन ह्विप जारीगरेको हो ।

निर्वाचनका लागि २०७८ जेठ ३ गतेसम्म कोरोना परिक्षण गरी रिपोर्ट लिइसक्न तथा जेठ ५ गते साँझसम्म हेटौंडा पुग्न जिल्ला अध्यक्ष ब्याञ्जुले निर्देशन दिनुभयो ।