२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


लुगा सुकाउन गएकी महिलाको छतबाट खसेर मृत्यु


0
Shares

सर्लाही । बरहथवाकी एक महिलाको घरको छतबाट खसेर मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–५ की ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज, वीरगन्जमा दिउँसो साढे २ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मगरका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाइट आवासिय विद्यालय सञ्चालन गर्दै आउनुभएको छ ।