म्यान्चेस्टर सिटी र चेल्सी विजयी, ब्राइटनसँग एभर्टन पराजित • Image Khabar Image Khabar


म्यान्चेस्टर सिटी र चेल्सी विजयी, ब्राइटनसँग एभर्टन पराजित


Imagekhabar
१० कार्तिक २०७६, आईतवार ०७:२७

म्यान्चेस्टर सिटी र चेल्सी विजयी, ब्राइटनसँग एभर्टन पराजित

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–० ले हरायो । सिटीका लागि राहिम स्टर्लीङ, केभिन डे ब्रायन र इके गुन्डोगानले एक एक गोल गरे ।

जितसँगै म्यान सिटीले शिर्ष स्थानको लिभरपुलसँगको दुरी ३ अंकमा सिमित गरेको छ ।

१० खेलबाट सिटीको २२ अंक भएको छ भने एक खेल कम खेलेको लिरभपुलको २५ अंक छ ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले बर्न्लेलाई ४–२ ले हराएको छ । चेल्सीका लागि क्रिश्चियन पुलिसिकले ह्याट्रिक गर्दा विलियनले एक गोल थपे ।

गएराती ब्राइटनले एभर्टनलाई ३–२ ले हराउँदा वेष्ट ह्याम युनाइटेड र शेफिल्ड युनाइटेडले १–१ गोलको तथा वाट्फोर्ड र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज ४ खेल हुनेछन् । शिर्ष स्थानको लिभरपुलले टोटनह्याम हट्सपरसँग खेल्दा आर्सनल र क्रिष्टल प्लालेस, नरिच सिटी र म्यान्चेस्टर युनाईटेड तथा न्युकासल युनाईटेड र वुल्भरह्याम्प्टन वान्डरर्स भिड्नेछन् । 

प्रतिक्रिया दिनुहोस्