 
	    काठमाडौं । बुढानिलकण्ठमा बसेको नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता ४ घण्टाको सकिएको छ ।
व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।
छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘राजीनामा दिने विषय अहिलेलाई टर्यो ।’
वार्तामा पार्टीभित्रको समस्यालाई सहमतिको आधारमा टुङ्ग्याउने सहमति भएको नेता नेपालले बताउनुभयो । २०७६ फागुन २८ गतेको निर्णय सच्याउने र सर्वोच्चको फैसलाअनुसार २०७५ जेठ ३ गतेको अवस्थामा फर्कनुपर्ने विषय छलफल गर्नका लागि कार्यदल बनाउने दुवै नेताबीच सहमति भएको उहाँको भनाइ छ ।
उहाँले आफूले राखेको विषयमा प्रधानमन्त्री सकारात्मक हुनुभएका जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस्
ओलीसँग ४ घण्टाको बैठकपछि नेपालले भने, ‘राजीनामा दिने विषय अहिलेलाई टर्यो’


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्