
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
काठमाडौं बूढानीलण्ठस्थित एक व्यवसायीको घरमा उहाँहरू वार्तामा बस्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । माधवकुमार नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।
यसअघि आजै बसेकाे नेकपा एमालेकाे स्थायी कमिटी बैठकले नेपाल पक्षका चार नेतामाथिको कारबाही फिर्ता गरेपछि ओली र नेपालबीच वार्ता तय भएको हो ।
आफूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने तयारी गरेपछि ओलीले टेलिफोन गरी नेपालसँग भेटको प्रस्ताव गर्नुभएको हो । नेपाल पक्ष सहमतिका लागि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडानबाट पछि नहट्न पक्षमा छन् ।
ओली–नेपाल वार्ताले पार्टीभित्र देखिएको पछिल्लाे विवाद समाधानमा छलफल हुने विश्वास लिइएकाे छ ।
यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्