
काठमाडौं, कात्तिक ८ । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
गलत तरिकाले क्लबहरुलाई लाइसेन्स वितरण गरेको भन्दै एएफसीको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई आर्थिक जरिवाना गरेको हो ।
‘फिफा’ले एएफसीलाई सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाइसेन्सिङ प्रणाली लागू गर्न भनेकामा सोहीअनुसार एन्फाले ‘ए’ डिभिजन लिग खेल्ने ९ क्लबलाई न्यूनतम् सर्त पूरा नगरी लाइसेन्सका लागि प्रस्ताव गरेको थियो ।
जाँचकाक्रममा तीन क्लबलाई न्यूनतम् सर्तसमेत पूरा नगरी क्लब लाइसेन्स सिफारिस गरेको भेटिएपछि एएफसीले एन्फालाई आर्थिक कारबाही गरेको हो ।
एन्फा प्रवक्ता किरण राईले जरिवानाको पत्र शुक्रबार एन्फाले पाएको पुष्टि गरे ।
उनले एएफसीले दुई वर्षभित्र न्यूनतम् सर्तहरु पूरा नगरे ३५ हजार डलर जरिवाना तिनुपर्ने चेतावनीसहित पत्र पठाएको बताए ।
प्रतिक्रिया दिनुहोस्