३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


मानवीय संवेदनशीलतालाई ध्यानमा राखी जिम्मेवार बन्न सबै अस्पतालहरुलाई काठमाडौं जिल्ला प्रशासनको निर्देशन


0
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले नेपालमा कोराना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा मानवीय संवेदनशीलतालाई ध्यानमा राखी जिम्मेवार बन्न सबै अस्पतालहरु तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक बिज्ञप्ती जारी गरी केही अस्पतालहरुले अक्सिजन अभावको कारण देखाई बिरामी भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरेपछी उक्त निर्देशन दिनुभएको हो ।

संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको भन्दै उहाँले जारी प्रयासलाई बेवास्ता गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारणमा त्रास फैलाउने कार्य नगर्न अनुरोध गर्नुभएको छ ।

यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड–१९ संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा काठमाडौं जिल्लाका प्रमुख अधिकारी पराजुलीले जोड दिनुभएको छ ।