२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित


0
Shares

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार छनोटबारे छलफल गर्न बोलाएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

पार्टीको विभाग गठनका विषयमा सहमति हुन नसक्दा नेपाली कांग्रेसको बैठक स्थगित भएको हो ।

बैठक १४ गतेसम्मका लागि स्थगित गरिएको छ । विधान अनुसार विभाग गठन गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडानका कारण बैठक स्थगित भएको बताइएको छ ।

कांग्रेसको विधानमा अहिले २८ विभागको व्यवस्था छ । तर पार्टी सभापति शेरबहादुर देउवाले पुरानै विधान अनुसार ४२ विभागको प्रस्ताव गरेका थिए ।

सभापति देउवाले बहुमतका आधारमा पनि निर्णय गर्छु भनेपछि पौडेल समूहका नेताहरु केन्द्रीय समिति बैठकमा जान नमानेको एक नेताले बताए ।

हिजोको बैठकमा निर्वाचनसम्बन्धी छलफल गरेर उमेदवार चयनका लागि जिम्मेवारी तोक्ने कार्यसूची थियो ।

यता प्रवक्ता विश्वप्रकाश शर्माले भने विधानबमोजिम उमेद्वारका लागि तीन जनाको नाम प्रस्ताव गर्नुपर्ने भए पनि धेरै आएकाले बैठक बस्न नसकेको जिकिर गरे । उनले यसबारे जिल्लालाई सचेत गराइने जानकारी दिए ।