Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


प्राईम कमर्सियल बैक चितवनमा आगलागी, ४० लाखको क्षति


0
Shares

चितवन । चितवनको भरतपुर १० चौविसकोठीमा प्राईम कमर्सियल बैँकमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीका अनुसार बिजुली सर्ट भई एक्कासी आगलागि भएको हो ।

आगलागीबाट करिव ४० लाख बराबरको क्षति भएको डिएसपी गिरीले जानकारी दिनुभयो ।

आगलागीबाट कम्प्यूटर १० थान, बिभिन्न किसिमका प्रिन्टर १० थान, फोटोकपी मेशिन २ थान, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेशिन, एसी मेशिन २ थान, स्टेटमेन्ट प्रिन्टर मेशिन, टोकन मेशिन, स्क्यानर मेशिन, पंखा, हाँजिर गर्ने मेशिन, नक्कली नोट डिटेक्टर मेशिन, सीसी क्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल र्याकक, स्टोर र्यासक समेत जलेर नष्ट भएको छ ।

आगलागीको खवर पाउनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली, काली बहादुर गण भरतपुरको नेपाली सेनाको टोली र भरतपुर महानगरपालिकाको दमकल सहायतामा पूर्ण रुपमा नियन्त्रणमा आएको गिरीले बताउनुभयो ।